आज ४०औँ मगर एकता दिवस : मगरबाहुल्य क्षेत्रका स्थानीय तहमा सार्वजनिक बिदा

 फागुन १५, २०७८ आइतबार ८:८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज मगर समुदायले ४०औँ एकता दिवस मनाउँदैछन् । २०३९ साल फागनु १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो ।

यसैको सम्झनामा हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घ संस्थाले एकता दिवसका रुपमा मनाउने गर्छन् ।

मगर सङ्घका संस्थापक महासचिव सुरेश आले मगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो सङ्गठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङ्घको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । नेपाल मगर सङ्घका पूर्वअध्यक्ष झकबहादुर थापाको निधन भएकाले ४०औँ राष्ट्रिय एकता दिवसलाई शोकका रुपमा मनाउन लागेको सङ्घले जनाएको छ ।

थापाको यही फागुन ११ गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो । दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् । पाल्पामा १०वटै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया