अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाण्डौदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधार शिविर कालापत्थरसम्म पदयात्रा हुने भएको छ ।
यस वर्षको मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न क्षेत्रका ४० जना महिलाले १३ दिने पदयात्रा गर्ने भएका हुन् ।
फागुन १७ गते मङ्गलवार महिला टोली आधार शिविर प्रस्थान गर्नेछ । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ विभिन्न क्षेत्रका महिलाहरुले संयुक्त रूपमा पदयात्रा गरी आधार शिविरमा पुगेर विशेष कार्यक्रम गर्ने तयारी छ।
परम्परागतभन्दा नौलो र उदाहरणीय कार्यक्रमबाट महिलाले देश र समाजका साथै जलवायु परिवर्तनका मुद्दामा पनि काम गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्ने सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बताउनुभयो । उहाँले विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको र यो पदयात्राले वातावरणीय न्यायका लागि जलवायु परिवर्तनका असरविरुद्ध महिलाको आवाज बुलन्द गर्ने समेत बताउनुभयो ।
जलवायु परिवर्तनले खासगरी महिला जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न गर्नुपर्ने पहलका बारेमा बहस गर्ने र यसबारेमा गर्नुपर्ने काम तथा सुझाव समेटेर कालापत्थर महिला घोषणापत्र जारी गर्ने अभियानले जनाएको छ ।
हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि बढ्दो तापमान र जलवायु परिवर्तनकाे असरबाट नेपाल सबैभन्दा बढी प्रभावित देशको सूचीमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।