दिउँसाे १ बजे बस्ने तय भएको संसद् बैठक अझै सुरु भएन

 फागुन १५, २०७८ आइतबार १४:३६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज आइतवार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।

आजको बैठकबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने तयारी छ । तर संसद् बैठक बस्नुअघि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसेको छैन ।

एमसीसी अनुमोदनका लागि सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणा पारित गर्ने सहमति गरेका छन् । मन्त्रिपरिषद्को बैठकले घोषणा पारित गरेपछि संसद्ले राष्ट्रिय महत्त्वको प्रस्तावका रूपमा पारित गर्नेछ  । घोषणामा एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि रहने प्रष्ट उल्लेख गरिएको छ ।

यस्तै बौद्धिक सम्पत्तिमा नेपालकै हक लाग्ने, लेखापरीक्षण पनि नेपालको कानुनअनुसार हुने विषयलाई ग्यारेन्टी गरिएको छ । एमसीसी सम्झौता इन्डो प्यासिफिक स्ट्रेटेजी आईपीएस लगायत कुनै पनि सैन्य सम्झौताबाट टाढा रहेको सैन्य सम्झौतामा एमसीसी नबाँधिने उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया