एमसीसी अहिले पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु हो : अध्यक्ष लिङ्देन

 फागुन १५, २०७८ आइतबार १६:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीलाई अहिले पास गर्नु भनेकाे देशलाई द्वन्द्वमा लैजानु भएको दाबी गर्नुभएको छ । 

आज आइतवार संसदमा बोल्दै अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा सम्पूर्ण देश नै विवाद र अन्योलमा परेको बेला संसदबाट सामान्य छलफल गरेर यसलाई पारित गर्न खोज्नु आपत्तिजनक रहेको बताउनुभयो । 

‘जनता सडकमा छन्, सुरक्षा व्यवस्था कडा छ, काँडेतार लगाइएको छ, संसद्को सबैभन्दा ठूलो दल नारा र जुलुसमा छ, पूरै देशको ध्यान केन्द्रित भएको बेला एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिएको छ, यो केवल आर्थिक सहायतको विषय मात्र होइन, नेपाली नागरिकलाई नै विभाजित बनाउने विषय भएकाले राष्ट्रिय सहमति खोज्नुपर्छ, यसलाई स्थगन गरेर नयाँ ढङ्गले अघि बढाउनुपर्छ’, लिङ्देनले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भोजराज सिवाकोटी

    Feb. 27, 2022, 7:28 p.m.

    झापाली को आस देखिऐको नेता मानिएको छ त्यो कहिले निरस नहोस्

  •  0 Reply

तपाईको प्रतिक्रिया