सरकारले देशको हित विपरीत कुनै सम्झौता गर्दैन : अर्थ मन्त्री शर्मा

 फागुन १५, २०७८ आइतबार १८:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले सरकारले देश र नागरिकको हित विपरीत कुनै पनि सन्धि, सम्झौता नगर्ने बताउनुभएको छ ।

एमसीसी सम्झौताका विषयमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री शर्माले सम्झौतामा प्रष्ट नभएका विषयमा व्याख्यात्मक घोषणा गरेर पारित गर्ने र देशको हित विपरीतका कुनै पनि प्रावधान सम्झौतामा नरहने बताउनुभयो । नेपालको संविधान र कानुन नै नेपालले मान्ने भन्दै अरू देशको कानुन नेपालले नमान्ने उहाँले बताउनुभयो । 
 

‘राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता र अखण्डता सबैका लागि महत्त्वपूर्ण विषय हो । सरकार प्रतिबद्ध छ, सरकारले कुनै पनि गलत सम्झौता गर्न सक्दैन । नेपाल सैन्य रणनीतिमा रहन सक्दैन, नितान्त देशको हितमा आर्थिक सहायता मात्रै लिन्छ’, अर्थ मन्त्री शर्माले भन्नुभयो । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया