गाैतमबुद्ध विमानस्थलमा 'क्यालिब्रेशन फ्लाइट' सम्पन्न

 फागुन १५, २०७८ आइतबार १९:५३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सम्पन्न भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समयअनुसार आज आइतवार क्यालिब्रेशन फ्लाइट सम्पन्न भएको हो । गएको फागुन ५ गते नेपाल आएको एरो थाईको जहाजले आजसम्म तोकिएको उडानहरू पूरा गरेको प्राधिकरणले जनाएको छ । 

आज सकिएको क्यालिब्रेशन फ्लाइटपछि अब एरो थाईले प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाउने छ । यसरी प्रतिवेदन आएपछि यसलाई प्राधिकरणको एरोनटिकल इन्फरमेसन म्यानेजमेन्ट (एएमआई) विभागले प्रकाशित गर्छ । जसका आधारमा विमानस्थल उडानयोग्य भए/नभएको निश्चित हुन्छ । 

पूर्वनिर्धारित तालिकाअनुसार जहाज भोलि साेमवार थाइल्यान्ड फर्कनुपर्ने थियो । तर उपकरण जडित जहाज नेपाल आएको मौकामा झन्डै आधा दर्जन आन्तरिक विमानस्थलहरूमा पनि परीक्षण उडान गर्ने योजना बनाइएको छ । त्यसै कारण जहाज आउने मार्च ४ तारिखसम्म नेपालमा नै रहनेछ । यो जहाजबाट पोखरा, विराटनगर, नेपालगञ्ज, सिमरा र काठमाण्डाैमा क्यालिब्रेशन उडानको तयारी छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया