अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आज हिजोअस्तिको तुलनामा गाडी कम चलेका छन् । बिहान केहीबेर निकै कम गाडी चले पनि अहिले भने गाडीको सङ्ख्या बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ ।
हिजो संसदबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बन्द आह्वान गरेकाले काठमाण्डौ भित्रिने र बाहिरिने गाडीको सङ्ख्या भने हिजोको भन्दा कम छ । राजमार्गमा पनि कम मात्रै गाडी चलेका ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित राजमार्गहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले यातायात व्यवसायीलाई ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । चोकचोकमा प्रहरी खटिएका छन् भने प्रहरीको गाडीले स्कर्टिङ समेत गरिरहेको छ । पछिल्ला दिनहरुमा बन्द आह्वान हुँदा नागरिकले स्वतःस्फूर्त रुपमा त्यसको अवज्ञा गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।