युक्रेनमा रहेका नेपालीलाई सीमा क्षेत्रमा जान पुनः आग्रह

 फागुन १७, २०७८ मंगलबार ७:३६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी देशको सीमा क्षेत्रमा जान सरकारले पुनः आग्रह गरेको छ ।

राजधानी किएभमा कर्फ्यु खुकुलो भएको भन्दै जर्मनीमा रहेको नेपाली दूतावासले पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी र रोमानियाको सीमा क्षेत्रमा जान पुनः आग्रह गरेको हो ।

युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा क्षेत्रको सुरक्षित ठाउँमा आउन यो उपयुक्त मौका रहेको पनि नेपाली दूतावासले विज्ञप्ति निकालेर जनाएको छ । केही समस्या परेमा दूतावासमा सम्पर्क गर्न साथै गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिसँग फोन सम्पर्क गर्न टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

युक्रेनमा रहेका दुई सय ५८ नेपाली सम्पर्कमा रहेका र हिजो बेलुकासम्म एक सय ८५ जना चार वटा युरोपेली देश प्रवेश गरेका दूतावासले जनाएको छ । अरु ७३ जना सम्पर्कमै रहेका युक्रेनका लागि गैरआवासीय नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिनुभयो । 

विज्ञप्ति :

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया