काठमाण्डौमा थुप्रिएकाे फोहोर अबको दुई दिनभित्र व्यवस्थापन गरिने

 फागुन १७, २०७८ मंगलबार ८:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाँच दिनदेखि नियमित रूपमा काठमाण्डौको फोहर व्यवस्थापन हुन थाले पनि अझै धेरै ठाउँमा फोहोर उठ्न बाँकी छ ।  यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रुलाई परेको छ ।

अहिलेसम्म काठमाण्डौ महानगरपालिकाको कालीमाटी, कलङ्की, टङ्केश्वर चोक र डल्लु पुलमा थुपारिएको फोहर व्यवस्थापन हुन सकेको छैन ।

लामो समयसम्म फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको छ । महानगरपालिकाका वातावरण विभागका प्रमुख सरिता राईले अहिले नियमित रूपमा फोहर व्यवस्थापन भए पनि लामो समयसम्म फोहर थु्प्रिएकाले समस्या भएको र अबको दुई दिनभित्र सबै ठाउँको फोहर व्यवस्थापन गरिने बताउनुभयो ।

फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम सम्पन्न नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका स्थानीय बासिन्दाले गरेको अवरोधका कारण फोहर उठाउन समस्या भएको थियो।

२०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँका स्थानीय बासिन्दाले आन्दोलन गरी फोहर विसर्जनमा अवरोध पुर्याउँदै आएका छन् । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया