अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – पशुपतिनाथमा दर्शन गर्ने राम्रो व्यवस्था गरिएको भन्दै दर्शनार्थीहरूले खुसी व्यक्त गरेका छन् । महाशिवरात्रिको अवसरमा आज मङ्गलवार बिहानै पशुपतिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरूले सहज र आनन्द हुने गरी दर्शन गर्ने व्यवस्था गरेको भन्दै खुलेर प्रशंसा गरेका हुन् ।
काठमाण्डाैकाे कलङ्कीकी नारायणी खड्काले धेरै आनन्दसँग पशुपतिनाथको दर्शन गर्न पाइएको बताउनुभयो । ज्येष्ठ नागरिकसहित दर्शन गर्न पुग्नुभएकी उहाँले दर्शन गर्नेहरूले विगतमा जस्तो भिड बेहाेर्नु नपरेको अनुभव पनि सुनाउनुभयो ।
धेरै व्यवस्थित ढङ्गले पशुपतिनाथको दर्शन गर्ने व्यवस्था गरेको स्याङ्जा गल्याङ नगरपालिकाकी माया तिवारीले बताउनुभयो । उहाँले आनन्दका साथ दर्शन गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
काठमाण्डाैकाे मनमैँजुकी शान्ता थपलियाले विगतका वर्षहरूमा भन्दा यो वर्ष दर्शन गर्ने अत्यन्तै राम्रो व्यवस्था भएको बताउनुभयो । उहाँले स्वयंसेवकहरूको सक्रियताले पनि दर्शनार्थीहरूलाई पशुपतिनाथको दर्शन गर्न धेरै सहज भएको बताउनुभयो ।
दर्शनार्थीहरूका अनुसार यो वर्ष पशुपतिनाथको सजावट पनि विगतको भन्दा राम्रो गरिएको छ । यसैबीच पशुपति क्षेत्र विकास कोषले यो वर्ष झन्डै १३ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।