व्याख्यात्मक घोषणाको अर्थ छैन, ओलीलाई पदच्यूत गर्न एमसीसी गिजोलिएको थियो : एमाले

 फागुन १७, २०७८ मंगलबार १४:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताउनुभएको छ ।

एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न काठमाण्डौमा आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो व्याख्यात्मक घोषणा शाकाहारीले किताबको माछा पो खानु हुन्न, खोलाको माछा त खानुहुन्छ भन्ने जस्तै हो ।’ 

अध्यक्ष ओलीले एमसीसीलाई गलत ढङ्गले गिजोलिएको पनि बताउनुभएको छ । अध्यक्ष ओलीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीसम्बन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रूपमा सुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो ।’ 

अध्यक्ष ओलीले एमसीसी अनुमोदन गर्दा सभामुखले नियम मिचेको आरोप पनि लगाउनुभएको छ । संसदको एउटा अधिवेशनमा पेस भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनुपर्ने भए पनि एमसीसीमा त्यसो नगरिएको उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले आफ्नो पार्टीले सभामुखको राजीनामा पर्खेर बसेको बताउनुभयो । उहाँले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने पनि बताउनुभयो । यद्यपि सभामुख सापकोटाकोे ससम्मान बर्हिगमन आफ्नो पार्टीले चाहेको अध्यक्ष ओलीको भनाइ थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया