कर्फ्यु जारी भएको सुर्खेतको वीरेन्द्रनगर बजार सुनसान, ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

 फागुन १७, २०७८ मंगलबार १५:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

सुर्खेत – कर्फ्यु जारी भएको सुर्खेतको वीरेन्द्रनगर बजार सुनसान भएको छ । एमसीसी सम्झौताको विराेधमा सुरु भएको आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले हिजो साेमवार बेलुकादेखि कर्फ्यु लगाएको हो । प्रदर्शनकारीहरूले हिजो पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजानी गर्नुका साथै झडपको स्थिति भएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।

प्रदर्शनकारीहरूले वीरेन्द्रगरको वीरेन्द्र चोक, मंगलगढी चोक र यरी चोकका प्रहरी बिटमा तोडफोड गर्नुको साथै सडकभरि बोतल र ढुङ्गा फालेका छन् । आन्दोलन उग्र बनेपछि प्रशासनले कर्फ्यु तोड्ने व्यक्तिलाई गोलीसमेत चलाउन सक्ने आदेश सुरक्षाकर्मीलाई दिएको छ । 

आज मङ्गलवार बिहानैदेखि वीरेन्द्रनगरको सडकहरू सुनसान रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बजारमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्फ्यु आदेशका कारण शिवरात्रि पर्वसम्बन्धी कार्यक्रमहरू स्थगित हुनुका साथै शिव मन्दिरहरू पनि सुनसान छन् । 

आज बिहान पनि केही बन्दकर्ताहरूले ढुङ्गा हान्ने प्रयास गरेकोमा केही व्यक्तिलाई पक्राउ गरेपछि अरू पछि हटेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । हिजो बेलुकी सवा ८ बजेदेखि सुरु भएको कर्फ्यु आदेश आज बेलुकी ७ बजेसम्मका लागि तोकिएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया