साहित्यकार बी के पाल्पालीको निधन

 फागुन १८, २०७८ बुधबार ७:३२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साहित्यकार बि के पाल्पाली (विजय पोखरेल ) को निधन भएको छ । वि.स. २०३२ सालमा पाल्पामा जन्मनु भएका पाल्पालीको गएराति आफ्नै निवास भक्तपुरमा निधन भएको हो ।

धेरैजसो हाइकु लेखनमा सक्रिय उहाँ साहित्यसँगै पत्रकारिता पनि गर्नुहुन्थ्यो । उहाँ कानुन व्यवसायी समेत हुनुहुन्थ्यो । दुई वटै मिर्गौलामा समस्या देखिएपछि एक दशकदेखि उहाँले मिर्गौलाको उपचार गराउँदै आउनु भएको थियो । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका पाल्पालीका एक छोरा एक छोरी र श्रीमती हुनुहुन्छ । उहाँकी श्रीमती रेणुका भट्टराई पनि साहित्यकार  हुनुहुन्छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • MADHAV PRASAD ACHARYA

    March 2, 2022, 10:02 a.m.

    हार्दिक श्रद्दान्जली !

  •  0 Reply

तपाईको प्रतिक्रिया