हामी आउँछाैँ, भत्ता बुझ्छाैँ र हिँड्छाैँ; विना कामको ज्याला लिनु राम्रो होइन : भट्टराई

 फागुन १८, २०७८ बुधबार १७:४६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् अवरोधको निकास खोज्न नसक्नु सरकारकाे गैरजिम्मेवारीपन भएको आरोप लगाउनुभएको छ ।  

आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताउनुभयो । अध्यक्ष भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘जनताको सर्वोच्च प्रतिनिधि सभा ६ महिनादेखि बन्द बस्नु उपयुक्त हुँदैन । यो दुःखद भयो । सबै जिम्मेवार बनेर यसको निकास खोजौँ भन्ने कुरा मैले राखेको छु । यो एकदमै गैरजिम्मेवार भयो । हामी आउँछौँ, भत्ता बुझ्छौँ, हिँड्छौँ, जनताको समस्या राख्दैनौँ भने विना कामको ज्याला लिनु राम्रो होइन । यो बेठिक भइरहेको छ । यसको छिटो निकास निस्कनुपर्छ । यो शोभनीय भएन, जनताप्रति अपमान हो ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै निरन्तर संसदमा अवरोध गर्दै आएको छ । यही अवराेधका कारण पटक–पटक संसद् बैठक कार्यसूचीमा नै प्रवेश नगरि स्थगित हुँदै आएकाे छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया