पाराओलम्पिकमा रुस र बेलारुसका खेलाडीले आईपीसीकाे झण्डामुनि रहेर खेल्नुपर्ने

 फागुन १८, २०७८ बुधबार १८:५३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनको राजधानी बेइजिङमा हुने शीतकालीन पाराओलम्पिकमा रुस र बेलारुसका खेलाडीले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) ले रुस र बेलारुसका खेलाडीले आफ्ना देशको झण्डामुनि नरही पाराओलम्पिकको झण्डामुनि रहेर प्रतिस्पर्धा गर्नुपर्ने बताएको हो । रुसले युक्रेनमा आक्रमण गरेको र बेलारुसले साथ दिएको भन्दै दुई देशका खेलाडीलाई सम्बन्धित देशको तर्फबाट प्रतिनिधित्व गर्न रोक लगाइएको बीबीसीले जनाएको छ । 

पदक तालिकामा पनि उनीहरूको देश उल्लेख नभइ आईपीसी उल्लेख हुनेछ । प्याराओलम्पिक आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । 

यो प्रतियोगितामा २० जना युक्रेनी खेलाडी पनि सहभागी छन् तर उनीहरूले रुस र बेलारुसका खेलाडीसँग प्रतिस्पर्धा गर्ने/नगर्ने अझै स्पष्ट भइसकेको छैन । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया