'बी डिभिजन लिगमा श्री भगवती, सरस्वती र ब्वाइज युनियन क्लबको विजयी सुरुवात

 फागुन १८, २०७८ बुधबार २०:२३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'बी' डिभिजन लिग फुटबलमा श्री भगवती, सरस्वती र ब्वाइज युनियन क्लबले विजयी सुरुवात गरेका छन् । 

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज बुधवार भएको पहिलो खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई तीन–एक गोलले हराएको हो । श्री भगवतीका अनिल गुरुङ, रमेश राई र मिलन खड्काले एक/एक गोल गरे । झम्सिखेलका मनकुमार राईले एक गोल फर्काए । 

त्यस्तै आज भएको दोस्रो खेलमा सरस्वती युथ क्लबले बाँसबारी क्लबलाई तीन–एक गोलले नै हराएको छ । सरस्वतीका विक्रम बिसुन्के, सृजल लामा र भूपेन्द्र शाहीले एक/एक गोल गरे । खेलको छैटौँ मिनेटमा बिक्की राईले गोल गरी बाँसबारीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर बाँसबारीले अग्रता जोगाउन नसक्दा पराजित भयो । 

आज भएको तेस्रो खेलमा ब्वाइज युनियनले वीरगञ्ज यूनाईटेडलाई १–० ले पराजित गरेको छ । ब्वाइज युनियनका मिलन लिम्बुले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । 
बजकाे जितसँगै श्री भगवती, सरस्वती र ब्वाइज युनियनले तीन अङ्क जोडेका छन् । लिगमा भोलि बिहीवार पनि तीन खेल हुनेछन् । 

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा आजदेखि सुरु भएको लिगमा १४ क्लब सहभागी छन् । सहभागी क्लबले सिङ्गल राउन्ड रोबिन लिगका आधारमा खेल्नेछन् । अङ्क तालिकामा शीर्ष हुने दुई टोली 'ए' डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टोली 'सी' डिभिजनमा घटुवा हुनेछन् । 

लिग आउँदो चैत २७ गते सकिनेछ । 'बी' डिभिजन च्याम्पियन टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । 

तस्बिर : एन्फा

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया