सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिकै आइरहेको समुन्द्री आँधी ‘फ्लोरेन्स’का कारण धेरैको संख्यामा मानिसको ज्यान जान सक्ने अधिकारीहरुलेले चेतावनी दिएका छन् ।
फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) का वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका इलाकामा बाढी आउन सक्ने चेतावनी दिएका छन् ।
फ्लोरेन्स आँधी एक सय ६५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको बताइएको छ । ब्रोक लोंगले तीब्र गतीको हावाका कारण खतरा बढी भएको जानकारी दिएका छन् ।
लोंगका अनुसार भर्जिनिया र क्यारोलाइनमा केही फुटसम्म पानी जम्न सकिने चेतावनी दिएका छन् । उनले आँधीको गति पहिलेको तुलनामा कम भए पनि भारी वर्षा हुने बताएका छन् । उनले भने, ‘समय नजिकिँदै छ, केही समयमै समुद्री छाल आउनेछ ।’
मौसम वैज्ञानिकले फ्लोरेन्स स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेसम्ममा देखिने बताएका छन् । उनीहरुले यो समयसम्ममा पहिरोसहितका विपद आउन थाल्ने बताइएको छ ।
उत्तरी क्यारोलाइना, दक्षिणी क्यारोलाइन र भर्जिनियाको तटीय इलाकाबाट लगभग १७ लाखलाई सुरक्षित स्थानमा पुर्याउन आदेश दिइएको छ ।
फ्लाइट अवेयर डट कमका अनुसार १४ सयभन्दा बढी उडान रद्द गरिएको छ ।