अमेरिकामा फ्लोरेन्स आँधी : धेरैको संख्यामा मानिसको ज्यान जान सक्ने चेतावनी

 भदौ २९, २०७५ शुक्रबार ८:३४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिकै आइरहेको समुन्द्री आँधी ‘फ्लोरेन्स’का कारण धेरैको संख्यामा मानिसको ज्यान जान सक्ने अधिकारीहरुलेले चेतावनी दिएका छन् ।

फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) का वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका इलाकामा बाढी आउन सक्ने चेतावनी दिएका छन् ।

फ्लोरेन्स आँधी एक सय ६५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको बताइएको छ । ब्रोक लोंगले तीब्र गतीको हावाका कारण खतरा बढी भएको जानकारी दिएका छन् ।

लोंगका अनुसार भर्जिनिया र क्यारोलाइनमा केही फुटसम्म पानी जम्न सकिने चेतावनी दिएका छन् । उनले  आँधीको गति पहिलेको तुलनामा कम भए पनि भारी वर्षा हुने बताएका छन् । उनले भने, ‘समय नजिकिँदै छ, केही समयमै समुद्री छाल आउनेछ ।’

मौसम वैज्ञानिकले फ्लोरेन्स स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेसम्ममा देखिने बताएका छन् । उनीहरुले यो समयसम्ममा पहिरोसहितका विपद आउन थाल्ने बताइएको छ ।

उत्तरी क्यारोलाइना, दक्षिणी क्यारोलाइन र भर्जिनियाको तटीय इलाकाबाट लगभग १७ लाखलाई सुरक्षित स्थानमा पुर्याउन आदेश दिइएको छ ।

फ्लाइट अवेयर डट कमका अनुसार १४ सयभन्दा बढी उडान रद्द गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया