मतदाता नामावलीमा दाबी विरोध आजदेखि, दल दर्ताको निवेदनबारे जाँच/बुझ चल्दै

 फागुन २०, २०७८ शुक्रबार ८:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आज शुक्रवारदेखि मतदाता नामावलीमा दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गन दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । तोकिएको समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ । 

त्यस्तै कसैको मृत्यु भएको खण्डमा मतदाता नामावलीबाट हटाउन सूचना दिन सकिन्छ । प्रवक्ता पौडेलले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको बताउनुभयो । 

यस्तै आयोगले स्थानीय तह चुनावका लागि राजनीतिक दलहरूले दर्ताका लागि दिएको निवेदनमाथि  जाँच/बुझ गरिरहेको पनि जनाएको छ । आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । तोकिएको अवधिमा ८० दलले दर्ता गर्न निवेदन दिएका थिए । 

सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने गरी मिति तोकिसकेको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया