चीनले रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने

 फागुन २१, २०७८ शनिबार ११:४१:४३ | एजेन्सी
unn.prixa.net

चीनले सन् २०२२ मा रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको छ ।

चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२१ मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो । अघिल्लो वर्ष रक्षा बजेट ६ दशमलव ८ प्रतिशले वृद्धि भएको थियो ।

आर्थिक वृद्धि र सुरक्षा खतरा मुख्य चुनौती भएकाले चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञलाई उदृत गरी ग्लोबल टाइम्सले जनाएको छ । अमेरिकापछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले वार्षिक जीडीपी दर ५ दशमलव ५ प्रतिशत हुनसक्ने घोषणा समेत गर्नुभएको छ । बेइजिङ इकोनोमिक अपरेशन एसोसिएशनका पूर्व उपाध्यक्ष टियान युनले चीनको आर्थिक आकार र विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै वार्षिक ५ दशमलव ५ प्रतिशतको वृद्धिदर उचित रहेको प्रतिक्रिया दिनुभएको छ ।
 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया