अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा राजस्व तिर्न बाँकी रहेको हेलिकप्टर कम्पनीहरुले निकुञ्जले काटेको पत्रलाई बेवास्ता गरेका छन् । लामो समयदेखि करोडौँ रकम तिर्न बाँकी रहेकाले निकुञ्जले गठन गरेको छानबिन समितिले काटेको पत्रको कम्पनीहरुले बेवास्ता गरेको कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिले राजस्व तिर्न ताकेता गरेर पत्र पठाएको हेलिकप्टर कम्पनीहरुमध्ये कैलाश एअर बाहेक अन्यले पत्रको जवाफ दिएका छैनन् । जसका कारण छानबिन समितिले तोकिएको समयमा निकुञ्जलाई प्रतिवेदन पेस गर्न नसकेको निकुञ्जको कार्यालयले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जमा एक करोड भन्दा बढी रकम बेरुजू देखिएपछि कार्यालयले हेलिकप्टर कम्पनीहरुले तिर्न बाँकी रहेको राजस्वको विषयमा ताकेता गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत मनोजकुमार मण्डलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर फागुन १३ गते भित्र अध्ययन प्रतिवेदन पेस गर्न समय दिएको थियो ।
तोकिएको समयमा प्रतिवेदन पेस गर्न नसकेपछि फागुन १९ गते सम्मको समय दिएको थियो । तर हेलि कम्पनीहरुले पत्रको बेवास्ता गर्दा १९ गते पनि प्रतिवेदन बुझाउन नसकेको समितिले जनाएको छ । खुम्बु क्षेत्रमा कैलाश, सिम्रिक, मनाङ, अल्टिच्यूट, डानाईष्टिकसहित एक दर्जन कम्पनीहरुको हेलिकप्टर उडान हुने गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा उडान गर्ने हेलिकप्टर कम्पनीहरुलाई प्रति पटक तीन हजार रुपैयाँ र नेपाली पाइलटलाई एक सय रुपैयाँ, सार्क देशका पाइलटलाई एक हजार पाँच सय तथा अन्य देशकालाई तीन हजार रुपैयाँ शुल्क लिने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।