तनहुँको दमौलीमा लागेको आगो ४ घण्टापछि निभाइयो, ७ वटा घर जले

 फागुन २२, २०७८ आइतबार १४:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि केहीबेरअघि निभाइएको छ । 

काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । सिम्रिक एअरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्‍याएकाे थियो । हेलिकप्टरकै कारण आगाे छिटो निभाउन सकिएको बताइएको छ ।

उहाँका अनुसार आगलागीमा परेर सात वटा घर जलेका छन् । अरू ठाउँमा आगो नफैलियोस् भनेर अरू चार वटा घर डोजर लगाएर भत्काइएको छ । 

आज बिहान साढे १० बजेदेखि दमाैली बजारमा रहेकाे भूपाल हार्डवेयर गोदाममा आगो लागेको थियो । आगलागीका कारण मानवीय क्षति नभए पनि अरू क्षतिको विवरण सङ्कलनको काम केही बेरमा सुरु गरिने पनि गैरेले बताउनुभयो । 

तस्बिर : कृष्ण न्याैपानेकाे फेसबुकबाट

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया