हवाई सञ्जालबाट ५ प्रदेशका ठूला सहरसम्म जोडिँदै पोखरा

 फागुन २२, २०७८ आइतबार २०:४२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सात वटा ठूला सहरसम्म विस्तार भएको छ । 

निजी क्षेत्रको बुद्ध एअरले हवाई सञ्जालमार्फत पोखरालाई सात वटा ठूला सहरमा जोडेको हो । बुद्धले सातौँ सहरको रूपमा हिजाे शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ ।

बुद्ध एअरकाे पाेखराका स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर हप्तामा तीन दिन (शनिवार, सोमवार र बुधवार) उडान गर्ने जानकारी दिनुभयो । यात्रुकाे सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको पनि उहाँले बताउनुभयो । बुद्धले १८ सिट क्षमताको जहाजबाट उडान सुरु गरेको छ ।

बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टाेली जनकपुर गएको थियो । पोखरा–जनकपुरको उडानमा प्रतियात्रु सबैभन्दा बढी नाै हजार तीन सय ६० र सबैभन्दा कम चार हजार एक सय रुपैयाँ भाडा तोकिएको छ । 

पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताउनुभयो । बुद्धले पोखराबाट काठमाण्डाैसहित ठूला सहरसम्म सिधा हवाई उडान सञ्जाल विस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढ्ने पनि बताइएको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया