संसद् अवराेध गर्नु गैरजिम्मेवार काम : भीम रावल

 फागुन २२, २०७८ आइतबार १७:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताउनुभएको छ । 

आज आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयाे, ‘यो त नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलबाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो । संसदमा त नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधिमार्फत राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, जनताको जीविका जस्ता महत्त्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरूले अपेक्षा गरेका हुन्छन् र संसद् भनेको देशमा उत्पन्न समस्याहरूको निकास दिने महत्त्वपूर्ण थलो हो ।’

सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशङ्का व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘देशको कार्यपालिका, व्यवस्थापिका संसद्, न्यायपालिका सारा अलपत्र गर्ने काम नेपाललाई कमजोर बनाउने कतैबाट सुनियोजित खेल त भइराखेकाे छैन भन्ने कहिलेकाहीँ मनमा शङ्का लाग्छ ।’ 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया