तराई र चुरे क्षेत्रमा गर्मी धेरै, गर्मीबाट जोगिन मौसमविद्को सुझाव

 फागुन २३, २०७८ सोमबार ७:५९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर गर्मी बढ्दो छ । पहाडी जिल्लाको तुलनामा अहिले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मी धेरै हुन थालेकाले गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

चुरे र तराईका जिल्लामा अधिकतम तापक्रम ३० देखि ३१ डिग्री सेल्सियससम्म पुगिसकेको छ । दीपायल, नेपालगञ्ज, विराटनगर, भैरहवा, धरान, जनकपुर लगायत क्षेत्रमा तापक्रम बढ्दो छ ।

गर्मी महिना भर्खरै सुरु भएकाले  यी क्षेत्रसहित देशभर नै अब तापक्रम बढ्दै जानेछ । गर्मीबाट बच्न दिउँसाेको टन्टलापुर घाममा नहिँड्न र प्रशस्त पानी पिउन स्वास्थ्य विज्ञले सुझाव दिने गरेका छन् ।

यस्तै, आज पहाडी क्षेत्रको मौसम भने आंशिक बद्ली हुने सम्भावना छ । यस्तै, सुदूरपश्चि र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।  
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया