अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
ललितपुर – ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर ज्यान गएको पुष्टि भएको छ । बेहोस भएका २२ वर्षका सुभाष तामाङको उपचारमा संलग्न ललितपुरको पाटन अस्पतालका डाक्टरले कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको बताएका ललितपुरका प्रहरी प्रवक्ता एवम् एसपी सिद्धीविक्रम शाहले जानकारी दिनुभयो ।
डाक्टरका अनुसार ज्यान जानुमा अरू कारण खासै देखिएको छैन । गम्भीर अवस्थाका तामाङको अहिले पनि उपचार चलिरहेको छ ।
हिजो आइतवार बेलुका खाना खाएर सुतेका ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष, नातिनी आश्मा र दुई दिनको शिशुको आज साेमवार बिहान ज्यान गएको हो ।
प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरू नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर उनीहरू बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।