एमाले सरकारले राम्राे काम गर्दागर्दै ‘प्रतिक्रियावादीहरू’ मिलेर हटाए : ओली

 फागुन २३, २०७८ सोमबार १९:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरू मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताउनुभएको छ । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका प्रतिक्रियावादीहरू एक भएको भन्दै उनीहरूविरुद्ध प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । 

पार्टी निकट मानव अधिकारवादीहरूको सङ्गठन मानव अधिकार एलाइन्सको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई आज सोमवार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरू मिलेर ढालिदिएको बताउनुभयो । अध्यक्ष ओलीले एक हुल स्यालको प्रसङ्ग निकाल्दै भन्नुभयो, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएकाे सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यस कारण दुनियाँभरिका प्रतिक्रियावादीहरू हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको वैचारिक र व्यावहारिक ढङ्गले जवाफ दिनुपर्छ ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमालेबाट फुटेर नाम एकीकृत राखेकाे भन्दै कटाक्ष गर्नुभयाे । 

अध्यक्ष ओलीले अरूले एमालेको उचाइ प्राप्त गर्न पनि नसक्ने तर ईर्ष्या भने गरिरहने चलन नै भएको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया