अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
इलाम – राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको कार्यान्वयनमा सबै जना जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
आयोगले इलामको माई नगरपालिकामा गरेको सूचनाको हकसम्बन्धी कार्यक्रममा प्रमुख आयुक्त गुरुङले लोकतान्त्रिक पद्धतिमा नागरिकलाई सशक्त र अधिकार सम्पन्न बनाउन सूचनाको हकसम्बन्धी कानुनको आवश्यकता महसुस हुने गरी कानुन ल्याएकाले यसको पूर्ण कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
‘विश्वमा एक सय २९ भन्दा बढी देशमा सूचनाको हकसम्बन्धी कानुन बनेको, सुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न पनि आवश्यक भएको सन्दर्भका कारण यो कानुन आएको हुँदा हामी सबै जिम्मेवार नागरिकले यसको प्रवद्र्धन एवम् संवद्र्धनमा लाग्न आवश्यक छ’, गुरुङले भन्नुभयो ।
प्रमुख आयक्त गुरुङले नागरिकले सबै सूचना माग गर्न पाउने, सार्वजनिक निकायले दिन मिल्ने–नमिल्ने कानुन हेरी निर्णय गर्नुपर्ने, पत्रकार सम्मेलनमार्फत सबै जानकारी गराइ रहनपर्ने जस्ता सुझावहरू दिनुभयो ।
नगरपालिकाले सूचना माग्नै नपर्ने गरी सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने, वेबसाइट सधैँ अपडेट गर्नुपर्ने, पर्याप्त सूचना प्रवाह गर्नपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
आयोगका सचिव भागीरथ पाण्डेले सूचनाको हकका बारेमा भएका संवैधानिक तथा कानुनी व्यवस्था, सार्वजनिक निकायको दायित्व, दण्ड सजायको व्यवस्था, सूचनाको हक प्रयोग गर्दा हुने फाइदा र आयोगले अन्तरक्रिया कार्यक्रमबाट अपेक्षा गरेका विषयहरूमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले खर्चको विवरण जो सुकैले माग्दा दिन पर्ने कि नपर्ने, जे पनि माग्न पाइने हो कि होइन, कति समय अगाडिसम्मको सूचना दिन पर्ने हा लगायतका जिज्ञासा राखेका थिए ।
राष्ट्रिय सूचना आयोगको आयोजनामा माई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सूचनको हकका अभियन्ता, सञ्चारकर्मीहरूका लागि सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।