नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एक जनाको ज्यान गयाे

 फागुन २४, २०७८ मंगलबार ७:३७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ ।

नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी कार्यालय काठमाण्डौले जनाएको छ ।

गम्भीर घाइते चार जनाको मनमोहन मेमाेरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । घटनास्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यसअघि हिजो ललितपुरको कोञ्ज्याेसाेम गाउँपालिका–४ मा पनि एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए । कोइला बालेर सुतेका उनीहरुको निसासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।  

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया