आज अन्तर्राष्ट्रिय नारी दिवसः नेतृत्व तहमा महिलाको सङ्ख्या कम तर उदारणीय काम, सुशासनमा समेत अब्बल

 फागुन २४, २०७८ मंगलबार ७:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् ।

नेपालको संविधानले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पछि अहिले राजनीतिमा महिलाको सक्रियता बढ्दै गएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि चुनावमा थप आरक्षणको व्यवस्था गरिएको छ ।

महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ ।

सङ्ख्यात्मक रूपमा नेतृत्व तहमा पुग्ने महिला कम भए पनि विकास निर्माणसँगै सामाजिक विकृति रोक्न र महिलाका पक्षमा उनीहरूले उदाहरणीय काम गरेका छन् । देशभरका सात सय ५३ स्थानीय तहमध्ये १८ वटामा मात्रै महिलाको नेतृत्व छ ।

नेतृत्वमा पुगेकाहरु काममा प्रतिबद्ध छन् भने उनीहरू सुशासनमा पनि अब्बल देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जनप्रतिनिधिको साढे चार वर्षको कार्यकालमा भ्रष्टाचार र अनियमितताका घटनामा महिला जनप्रतिनिधिको संलग्नता शून्य छ ।

२० हजार जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी परेका छन् भने ३९ जनाविरुद्ध  भ्रष्टाचार तथा अनियमितताको मुद्दा नै चलाइएको छ । तर, त्यसमा एकजना पनि महिला परेका छैनन् । महिला प्रमुख भएका स्थानीय तह मितव्ययी पनि देखिएका छन् ।

यसैबीच, दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले  शुभकामना दिँदै महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद रोक्न प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया