भक्तपुरमा एकैदिन बालिका बलात्कारका दुई घटना सार्वजनिक, दुई पक्राउ

 भदौ २९, २०७५ शुक्रबार १४:५४:११ | उज्यालो सहकर्मी

भक्तपुर – भक्तपुरमा एकैदिन दुई बालिकाको बलात्कार र बलात्कार प्रयासका दुई घटना भएका छन् । दुवै घटनाका आरोपीलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

१६ वर्षीया बालिकालाई कोठामै गएर बलात्कार गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका ३ बागेश्वरी घर भई हाल सूर्यविनायक –२, बालकोट रागिनीहाइट बस्ने १९ वर्षीय रञ्जित परियारलाई प्रहरीले पक्राऊ गरेको छ । 

पीडित बालिकाका परिवारले गएको २७ गते बलात्कार गरेको किटानी लजाहेरी दिएपछि   महानगगरीय प्रहरी वृत्त ठिमीले परियारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखेरले जानकारी दिनुभयो । 

त्यसैगरी १० वर्षीया बालिकालाई जबरजस्ती यौन सम्पर्क गर्न खोजेको अभियोगमा सप्तरी बेलिपेचना गाउँपालिका –२, घर भई हाल चाँगुनारायण  नगरपालिका –२, दुवाकोट तल्लो हाइट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखेरललाई प्रहरीले पक्राउ गरेको छ । 

पोखरेलले भदौ २७ गते आफ्नै स्टेसनरी पसलमा आएकी बालिकालाई पसलभित्र लगेर जबरजस्ती यौन सम्पर्क गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पोखरेललाई पक्राउ गरी महानगगरीय प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भईरहेको प्रनाउ पोखरेलले जानकारी दिनुभयो । 

दुवै पीडित बालिकाको २७ गते नै शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी जानकारी दिएको छ । 


 
 

अन्तिम अपडेट: भदौ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया