‘महिला सशक्तिकरण’ सबैको साझा विषय : प्रधानमन्त्री देउवा

 फागुन २४, २०७८ मंगलबार १५:२३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभूत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरूका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको हो ।

संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणको सङ्कल्प गरेको भन्दै उहाँले महिलालाई समान वंशीय हक, पैतृक सम्पत्तिमा हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक प्रदान गरिएको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले महिला सशक्तिकरण सबैको साझा विषय भएकाले तीनै तहको सरकारले पहलकदमी लिनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिला सशक्तिकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तीन वटै तहको सरकारले आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक छ । देशको मूल कानुनले गरेको सबै व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिबद्ध हुनु आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले महिलामाथि हुने लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति अपनाइ सरकारले काम गरिरहेको बताउनुभयो । सरकारले महिलाहरूको आर्थिक अवस्थालाई उकास्न राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला उद्यमशीलता तथा जीविकोपार्जनको कार्यक्रम चलाएको र आउँदा दिनमा यसलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया