अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले महिलाहरू ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताउनुभएको छ ।
आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताउनुभएको हो । उहाँले महिलाहरूले राजनीतिक, संवैधानिक र कानुनी रूपमा अधिकार पाए पनि व्यावहारिक रूपमा अधिकारको प्रत्याभूति हुन नसकेको बताउनुभयो । छोरीहरूलाई छोरा सरह पैतृक सम्पत्तिमा अधिकार दिने कुरा संविधान र कानुनमा उल्लेख गरिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।
कानुनमा पाएका अधिकारलाई जीवन र व्यवहारमा लागू गर्नुपर्नेमा मन्त्री भुसालकाे जोड छ । उहाँले भन्नुभयो, ‘हामी ३३ प्रतिशत भन्दै र कतिपय कुरामा हामी ५० प्रतिशतको कुरा गर्दै आज महिला राष्ट्रपतिसम्म बनाउने ठाउँमा पुगेका छौँ । तर के सबैले त्यही बराबर अधिकार पाएका छन् त ? यसैले प्राप्त भएका अधिकारलाई सबै क्षेत्रमा हामीले हुबहु ढङ्गले, संवैधानिक, कानुनी र राजनीतिक ढङ्गले प्राप्त गरेको अधिकारको कार्यान्वयन गर्ने कुरा छ भने प्राप्त नगरेका कुराका निम्ति चाहिँ हामीले थप आन्दोलित हुन आजको दिनले ऊर्जा दिनुपर्दछ । ३३ प्रतिशत महिला भनेपछि को हो त १७ प्रतिशत ? त्यो अधिकार महिलाले पाउन नपर्ने ? या त सक्षम भएर अब चाहिन्न भनाैँ या त ती १७ प्रतिशत महिला पनि अवसर र अधिकारबाट बञ्चित हुनु हुन्न । त्यसैले ३३ को लागू गरेर १७ को अधिकारको प्राप्ति अबको आन्दोलनको एजेन्डा हुनुपर्दछ ।’
मन्त्री भुसालले अझै पनि महिलामाथि हत्या, हिंसा र बलात्कारका घटनाहरू घट्नु चुनौतीको विषय भएको बताउनुभयो । महिलामाथि हुने अपराधलाई रोक्नु सरकारकाे कार्यभार भएको भन्दै उहाँले सरकारसँगै प्रत्येक व्यक्ति, परिवार र समाज पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।