महिला हिंसा अन्त्य गर्न कानुन सुधार गर्नुपर्छ : मन्त्री झाँक्री

 फागुन २४, २०७८ मंगलबार २०:२६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्य गर्न कानुन सुधार गर्नुपर्ने बताउनुभएकाे छ । आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानुनको सुधार गर्नुपर्ने बताउनुभयो । 

कतिपय महिला हिंसाका घटनालाई राजनीतिकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएकाले त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने मन्त्री भुसालकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘आफूले अधिकार प्रयोग गर्दै गर्दा अर्को पक्ष पीडित बन्दै गरेका कुरा, अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्ने कुरा र कानुनमा सुधार आवश्यक छ । त्यसकारण पीडितलाई न्याय दिने भन्दा पनि वकालतको कुरा गर्ने र मुद्दाहरूलाई बलजफ्ती राजनीतिकरण गरेर पीडितले न्याय नपाउने कुराका बारेमा अब बहस र पैरवी अदालतमा हुनुपर्छ ।’

मन्त्री झाँक्रीले संवैधानिक निकायहरूमा बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन भएका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया