अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – लमजुङको सुन्दरबजार नगरपालिका सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।
सुन्दरबजार–९ मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको हिजो ज्यान गएपछि तनाव भएको थियो । मृतका आफन्तले विद्यालयल लापरबाही गरेको भन्दै प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको जिल्ला प्रसासन कार्यालय लमजुङले जनाएको छ ।
श्रेष्ठ फ्युचर स्टार आवासीय माविको छात्रबासमा बस्दै आएका थिए । तनावपछि सुन्दरबजार–७ को पूर्व–दक्षिण पाउँदी पुल, पूर्व राइनासतर्फको मस्र्याङ्दी नदी पुल, पश्चिममा वडा नम्बर–९ को मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सिउँडीबार चोक चार किल्ला क्षेत्रमा निषेधाज्ञा लागू भएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । मृतका आफन्त र प्रसासनबीच वार्ताका लागि पहल भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।