वन बिरालोलाई थापेको पासोमा चितुवा !

 फागुन २५, २०७८ बुधबार १२:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चन्द्रागिरि नगरपालिकाको दहचोकमा कुखुराको खोरमा थापेको पासोमा चितुवा परेको छ । १० घण्टासम्म पासोमा अल्झिएको चितुवाको बिहान वन कार्यालय र प्रहरीको टोलीले उद्धार गरेको छ । चितुवालाई उद्धार गरेर चिडियाखाना पठाइएको बलम्बु प्रहरीले जनाएको छ ।

दहचोकमा जग्गा भाडामा लिएर तरकारी फार्म सञ्चालन गरेका बलबहादुर बुढाले थापेको पासोमा चितुवा परेको हो । ‘टहरोको छेउमा कुखुराको सानो खोर छ, अस्ति वन बिरालोले दुईवटा कुखुरा खाएपछि हिजो बेलुकी पासो थापेको थिएँ, वन बिरालोलाई भनेर थापेको पासोमा चितुवा पो परेछ’ बलबहादुरले उज्यालोसँग भन्नुभयो ।

खोरको बाहिरपट्टि प्वालमा थापेको पासोमा चितुवा परेको उहाँले गएराति १२ बजेतिर थाहा पाउनुभएको हो । त्यसपछि उहाँले प्रहरीलाई खबर गर्नुभयो । प्रहरी र वन कार्यालयको टोलीले आज बिहान ९ बजेतिर चितुवालाई लठ्याएर उद्धार गरेको हो । खोरबाहिर नै चितुवा पासोमा परेकाले कुखुरा भने खान नपाएको बलबहादुरले बताउनुभयो । 

भिडियाे हेर्नुहाेस् :

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया