संशोधन भएको राष्ट्रिय प्रसारण नियमावलीले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप गरेकाे छैन : सञ्चार मन्त्री

‘अनलाइन टिभीलाई नियन्त्रण हाेइन नियमन गर्न चाहेकाे हाे’

 फागुन २५, २०७८ बुधबार १४:५०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संशोधन भएको राष्ट्रिय प्रसारण नियमावलीले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको दाबी गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घले आज बुधवार काठमाण्डौमा गरेको कार्यक्रममा मन्त्री कार्कीले अनलाइन टेलिभिजनका नाममा भइरहेको विकृतिलाई रोक्न नियमावली संशोधन भएको र यसको उद्देश्य प्रेस स्वतन्त्रतालाई ठेस पुर्‍याउनु नभएको स्पष्ट पार्नुभयो । प्रेस स्वतन्त्रतामा नेपाल दक्षिण एसियामै अग्रस्थानमा रहेको भन्दै सञ्चार मन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने विषय सरकारले सोच्न पनि नसक्ने बताउनुभयो ।

सरकारले अनलाइन टेलिभिजनलाई नियन्त्रण नभइ नियमन गर्न खोजेको र सामग्रीहरूले कसैलाई आघात नपुर्‍याउन भन्नेतर्फ सचेत भएर नियमावलीमा संशोधन गरिएको मन्त्री कार्कीको भनाइ छ ।

संशोधित नियमावलीअनुसार आफैँले उत्पादन गरी प्रसारण गर्ने अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिनका लागि पाँच लाख रुपैयाँ शुल्क तिर्नुपर्नेछ । सामग्रीहरू कुन उमेर समूहका लागि हो त्यसलाई पनि स्पष्ट बुझ्ने भाषामा वर्गीकरण गर्नुपर्नेछ । संशोधित नियमावलीले युट्युब च्यानल नियन्त्रण गर्न लागेको भन्दै सरकारको आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया