अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले विद्यार्थीलाई अनावश्यक थप पाठ्यसामग्रीको बोझ नबोकाउन सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।
महानगरपालिकाको शिक्षा विभागले आज बुधवार सूचना निकालेर पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको विषय र घण्टाबाहेक अतिरिक्त विषय पढाउन चाहेमा विभागबाट अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ ।
कतिपय संस्थागत विद्यालयले विद्यार्थीलाई अनावश्यक रूपमा थप पाठ्यसामग्री प्रयोग गर्न लगाएको र गह्रौँ झोला बोकाउने गरेको गुनासो आइरहेकोले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा भएको मापदण्डअनुसारको तौल र सीमाभित्रै रहने गरी व्यवस्था मिलाउन पनि महानगरको शिक्षा विभागले अनुरोध गरेको छ ।
यस्तै आउँदो शैक्षिक सत्र २०७९ का लागि पाठ्यक्रम विकास केन्द्र सानोठिमीद्वारा स्वीकृत तथा अनुमति प्राप्त पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्रै प्रयोग गर्न पनि महानगरपालिकाले स्मरण गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।