फागुन २९ देखि कांग्रेसको एक महिने चुनावी अभियान, एमसीसी पारितदेखि कोरोना खोपसम्मको प्रचार गर्ने

 फागुन २५, २०७८ बुधबार १६:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले फागुन २९ गतेदेखि चुनाव केन्द्रित अभियान सुरु गर्ने भएको छ । नेपाली कांग्रेसले आज बुधवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता प्रकाशशरण महतले फागुन २९ गतेदेखि एक महिनासम्म घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । 

यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आफ्नो मतदानको हकको प्रयोग गर्न, नेपाली कांग्रेसलाई विजयी गराउन र टोल–टोलमा पार्टीकाे सङ्गठन विस्तार गर्न अभियान चलाइएको कांग्रेसले जनाएको छ ।

अभियानका क्रममा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले तीन वर्षमा गरेका जनविरोधी काम, भ्रष्टाचार र असंवैधानिक कदमबारे नागरिकलाई जानकारी दिने, प्रतिपक्षमा बस्ने जिम्मेवारी रहे पनि संविधानको रक्षाका लागि सरकारमा जानुपरेको, नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोरोनाविरुद्धको खोप सहज भएको लगायत राम्रा कामको प्रचार, राष्ट्रिय सहमति गरेर एमसीसी पास गरेको लगायतका विषयको प्रचारप्रसार गर्ने कांग्रेसले जनाएको छ । 

अभियानका क्रममा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पुग्नेछ । अभियानका लागि नेपाली कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय र प्रदेश सभा क्षेत्रीय समिति र पालिका समितिलाई जिम्मेवारी दिनेछ । अभियानको अनुगमन पनि हुने कांग्रेसले जनाएको छ । 

यस्तै ज्येष्ठ नागरिक र समाजमा योगदान दिनेहरूलाई सम्मान, कांग्रेससँग नागरिक के चाहान्छन् भन्ने सुझाव लिने, मतदाताकै घर आँगनमा पुगेर मतदाता शिक्षा दिने लगायतका काम पनि हुने पार्टीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया