अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा विभिन्न समयमा भेटिएका १३ थान हतियार प्रहरीलाई बुझाइएको छ । निकुञ्जले आज बुधवार एक कार्यक्रमका बीच हतियारहरू संरक्षणका लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाएको हो ।
निकुञ्जका अनुसार विभिन्न समयमा विभिन्न ठाउँमा ठूलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक दुई थान र भरुवा बन्दुकको नाल दुई थान फेला परेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दलाई हतियार हस्तान्तरण गर्नुभएको हो ।
बेवारिसे अवस्थामा फेला पारिएका यी हतियार वन्यजन्तुको चोरी सिकारका लागि प्रयोग हुने गरेको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो । निकुञ्जले टुर गस्ती लगायतको संरक्षणसम्बन्धी कार्यक्रम सशक्त रूपमा सञ्चालन गरेको अवस्थामा चोरी सिकार गर्नेले बेवारिसे अवस्थामा छाडेर भागेका हुनाले हतियार बरामद भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।