आज पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङ पर्ने : मौसम आंशिकदेखि सामान्य बद्ली

 फागुन २६, २०७८ बिहिबार ७:५७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रि मनसुन सुरु भइसकेकाले देशभर तापक्रम बढ्दै गएको छ भने बेलुका पख हावा चल्न थालेको छ । मनसुन अघिको समय प्रि मनसुनमा दिउँसाे गर्मी धेरै हुने र त्यसपछि चट्याङ पर्ने हुन्छ ।

आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँकाअनुसार तत्कालका लागि तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना भने देखिएको छैन । तर, यो समयमा  स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला पनि हुरी चल्ने जोखिम रहने भएकाले सचेत हुनुुपर्नेमा माैसमविद्को जोड छ ।

मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुनको समय मानिन्छ । यसैबीच, आज हिजो-अस्ति जस्तो पारिलो घाम लागेको छैन । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् राजु प्रधानांगले बताउनुभयो । उहाँका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुनेछ ।यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश  र प्रदेश १ का केही पहाडी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया