अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – भक्तपुरमा नेवारी सांस्कृतिक बाजा पछिमाको प्रतियोगिता हुने भएको छ । सांस्कृतिक विधाको संरक्षण सम्वर्द्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाले भोलि पछिमा बाजा प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता दरबार स्क्वायरमा हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहले २० हजार रुपैयाँका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान र बाँसुरी चार थान पुरस्कार पाउने छ । यस्तै, द्धितीय हुनेले १५ हजार रुपैयाँका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी तृतीय हुनेले १० हजार रुपैयाँ, पछिमा एक थान, सिछ्या एक थान तथा सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँका साथै पछिमा एक थान र सहभागी सबै टोलीलाई पछिमा बाजा एक/एक थान पाउने वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताउनुभयो ।
सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले पछिमा बाजा प्रतियोगिता गर्न लागेको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।