पश्चिमी क्षेत्रको पहाडी भू–भागमा मौसम आंशिक बद्ली

 फागुन २७, २०७८ शुक्रबार ७:७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बद्ली भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बद्ली भएको हो । आज दिउँसो पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, वाग्मती र प्रदेश-१ का उच्च हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । अरु ठाउँको मौसम सफा रहेको छ । प्रि–मनसुन सुरु भइसकेकाले बेलुकापख हावा चल्न थालेको छ ।

स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला पनि हावाहुरी चल्ने जोखिम रहने भएकाले सचेत हुन मौसमविद्को सुझाव छ । गर्मी बढ्दै गएकाले जमिन तात्न थालेको तथा सानो–सानो समूहमा बादल देखिने क्रम सुरु भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

यो बेला कतैकतै हावाहुरी र असिना पानी पर्न सक्ने भएकाले सचेत रहन पनि उहाँको आग्रह छ ।  

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया