कर्मचारीले सरकारलाई साथ दिनुपर्छ : ओली

 फागुन २८, २०७८ शनिबार १४:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीले सहयोग नगरेमा सरकार चल्न नसक्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले जुनसुकै पार्टीको सरकार बने पनि कर्मचारीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

आफू प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसले सरकारलाई सहयोग नगर्न कर्मचारीलाई दबाब दिएको दाबी गर्दै उहाँले यस्तो काम लोकतन्त्र विरोधी भएको बताउनुभयो । आफूले कर्मचारीबाट सहयोग नपाएको गुनासो गर्दै ओलीले कर्मचारीले सरकारले गलत गर्न गर्नबाट जोगाएर सही काममा साथ दिनुपर्ने बताउनुभयो ।

यस्तै अध्यक्ष ओलीले सांसदहरूले भत्ता खानेबाहेक काम नगरेको बताउनुभएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताउनुभयो । एमालेले गएको भदौ २३ गतेदेखि संसदमा अवरोध गरिरहेको छ । एमालेको अवरोधका कारण संसद्ले काम गर्न सकेको छैन । सांसद्हरूले भत्ता र तलब भने लिइरहेका छन् । उहाँले अहिलेको सरकारलाई बालुवामा रहेको मुलाको संज्ञा दिदै यसलाई चुनावबाट सजिलै उखेलिदिने जिकिर पनि गर्नुभयो । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ऋषिराज पराजुली

    March 12, 2022, 7:51 p.m.

    आफु सम्बद्द दललाई माया गर्ने कर्मचारीहरुको सम्मेलनमा आफ्नो दल प्रतिपक्षमा रहदा पनि सरकारलाई कर्मचारीहरुले सरकारलाई सहयोग गर्नु पर्छ भन्नु परिपक्व नेताको परिचय हो । नत्र त लामो समय सरकारको नेतृत्व गरेको कुनै दलले कर्मचारीहरुलाई सरकारलाई असहयोग गर भनी आव्हान गरेको भिडियो अझेै भेटिन्छन।

  •  0 Reply

तपाईको प्रतिक्रिया