दिसामा पाइने जीवाणुका कारण इलाममा झाडापखाला फैलिएको पुष्टि

 फागुन २९, २०७८ आइतबार ७:४०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दिसामा पाइने जीवाणु इकोलाइका कारण इलामको सदरमुकाम इलाममा झाडापखाला फैलिएको पुष्टि भएको छ । 

इलाम सदरमुकाम र आसपासका क्षेत्रका बालबालिकासहित ठूला व्यक्तिहरुलाई लगातार बान्ता हुने, पेट ढुस्स हुने र झाडापखाला लाग्नेजस्ता लक्षण देखिएको छ । बिरामी पर्नेमा धेरैजसो बालबालिका छन् ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार झाडापखालाका बिरामी बिस्तारै कम हुँदै गएका छन् । अहिलेसम्म गम्भीर बिरामी नपरेकाले उपचारमा पनि समस्या नभएको उहाँले बताउनुभयो । झाडापखाला फैलिएपछि पिउने पानीको नमुना परीक्षण गर्दा पानीमा दिसामा पाइने जीवाणु इकोलाइ भेटिएको शाक्यले बताउनुभयो । मुहानको पानीमा नै इकोलाइ जीवाणु भेटिएपछि त्यो मुहानको पानी नखान इलाम नगरपालिकाका बासिन्दालाई आग्रह गरिएको छ ।

नगरपालिकाले यो मुहानबाट ल्याइएको पानीको वितरण नै रोक्ने तयारी गरेको छ । यस्तै अन्य धाराको पानी पनि उमालेर र शुद्धीकरण गरेर मात्रै खान नगरवासीलाई आग्रह गरिएको छ ।

इलाम नगर क्षेत्रका बालबालिका धेरै बिरामी परेपछि स्वास्थ्य कार्यालयले नगरमा आउने तीन वटा पानीको मुहान र ११ वटा धाराको पानीको नमुना परीक्षणका लागि सुनसरीको इटहरीमा रहेको पानी परीक्षण प्रयोगशालामा पठाएको थियोे ।

प्रयोगशालाले इलाम नगरपालिका-७ मा रहेको कलधाराको पानी पिउन योग्य नभएको प्रतिवेदन दिएको छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया