काठमाण्डौ उपत्यकाका सडक र  मुख्य चोकमा फेरि थुप्रियो फोहर

 फागुन २९, २०७८ आइतबार ८:६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ल्याण्डफिल्ड साइटको समस्याको कारण सात दिनदेखि फोहर उठाउन नसक्दा काठमाण्डौ उपत्यकाका सडक र चोकहरुमा फोहर थुप्रिएको छ । अहिले फोहर थुपार्दै आएको सिसडाेलका स्थानीय बासिन्दाले फोहर लैजान अवरोध पुर्याउँदै आएका छन् । 

फोहरबाट उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर विसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने माग गरेर फोहरका गाडी रोकेको प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले नुवाकोटको सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरे पनि स्थानीय बासिन्दाले माग पूरा नभएसम्म अवरोध कायम राख्ने बताएका छन् ।

फोहर नउठाउँदा उपत्यकामा दुर्गन्ध बढिरहेको छ । गर्मी बढेको समयमा फोहरको दुर्गन्ध समेत बढेकाले सरुवा रोगको जोखिम बढेको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया