गण्डकी र प्रदेश-१ का पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

 फागुन २९, २०७८ आइतबार ८:२४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले अहिले पहाडी भूभागको केही ठाउँमा मौसम सामान्य बद्ली भएको छ ।

बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभरको मौसम सफा रहने छ । बेलुकीपख प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पूर्वी हिमाली भेगको एक/दुई ठाउँमा सामान्य हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै, केही दिनदेखि गर्मी बढेको छ । गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस पुगेको छ।

यस्तै, दिपायलको अधिकतम तापक्रम ३२ दशमलव पाँच डिग्री सेल्सियस र विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव तीन डिग्री सेल्सियस पुगेको छ। यस्तै धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, दाङको घोराही, भैरहवा, सिमरा, जनकपुर लगायतका ठाउँको अधिकतम तापक्रम पनि ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया