रामेछापमा आगलागी : अपाङ्गता भएकी एक किशोरीको ज्यान गयो

 फागुन ३०, २०७८ सोमबार ७:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रामेछापमा आगलागीमा परेर अपाङ्गता भएकी एक किशोरीको ज्यान गएको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वर बस्ने १८ वर्षकी मिनकुमारी मगरको ज्यान गएको प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अस्ति दिउँसाे मगर गोठमा एक्लै रहेका बेला आगलागी भएको थियो । आमा चन्द्रकुमारी मगर बाख्रालाई खोले बसालेर खेतबारीमा काम गर्न गएका बेला गोठमा आगो सल्किएको डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।

ज्यान गुमाएकी मगर हिँडडुल गर्न र बोल्नसमेत नसक्ने हुनुहुन्थ्यो । आगलागीबाट गोठ पूरै जलेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया