बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
माेरङ - सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका एसएसपी दिवेश लोहनीलाई उच्च अदालत मोरङले सादा तारेखमा छाडेको छ ।
सुन तस्करीमा संलग्न दिबेश लोहनीकाे सनम शाक्य हत्यासँग सम्बन्धित बिषयमा तथा सुनको चोरी पैठारी तथा निकासीमा संलग्नता रहेको भन्दै जिल्ला अदालतले पुर्पक्षको लागि कारागार झुम्का पाठाएकोमा उच्च अदालत मोरङले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।
उनको सुनुवाईसँगै अब उच्च अदालतबाट प्रहरी अधिकारीको पक्षमा निर्णय आउन थालेको बताउन थालिएको छ ।
उच्च अदालतका शाखा अधिकृत राजप्रसाद दाहालले लोहनीलाई सादा तारेखमा छाड्ने आदेश भएको जानकारी दिँदै उनी आजैदेखि रिहाई हुने बताउनुभयाे ।
२०७५ साल जेठ ८ गते जिल्ला अदालतको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै लोहनी मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर अनुसार उच्च अदालतमा आफू निर्दोष रहेको दावी गर्दै निवेदन दिएका थिए ।
उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र शरद सुबेदीको संयुक्त इजलासले लोहनीलाई सादा तारेखमा राख्न आदेश दिएको दाहालले बताउनुभयाे ।
लोहनीले जिल्ला अदालत मोरङले बेरितको आदेश गरेकाले बदर गरी पाउँ भनी हालेकाे निवेदनमा उच्च अदालतको यस्तो आदेश आएको हो । आदेशमा प्रतिवादी लोहनीको हकमा आरोप, कसुर र सजाय एवं तत्काल संलग्न मिसिल र प्रमाणको रोहमा मिलेको नदेखिँदा निजको हकमा अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम तारेखमा राखी मुद्दा किनारा गर्न जिल्ला अदालत मोरङलाई आदेश दिएको छ ।
साढे ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका २४ अभियुक्तको आज पेसी तोकिएको थियो । जसमध्ये एक जनाका कानून व्यवसायीले स्थगित गर्न माग गरे बमोजिम स्थगित भएको थियो भने २२ वटा हेर्न नभ्याउनेमा परेका थिए ।
जिल्ला अदालत मोरङले गरेको बेरितको आदेश बदर गरीपाउँ भन्ने निवेदनमा यस अघि नै उच्च अदालतले १० वटाको आदेश गरिसकेको छ । जसमध्ये आठ वटाको हकमा जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो ।
वरिष्ठ प्रहरी उपरिक्षक श्याम खत्रीका सवारी चालक विष्णुबहादुर खड्कालाई १५ हजार रूपैयाँ धरौटीमा छाड्ने र अंगरक्षक अम्बरबहादुर थापा मगरलाई साधारण तारेखमा छाड्ने जिल्ला अदालत मोरङको आदेश भने उच्च अदालतले बदर गरेर उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।