गर्मी बढ्यो : धरानको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै

 चैत १, २०७८ मंगलबार ७:५५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अस्तिको तुलनामा हिजो देशका धेरै ठाउँमा गर्मी बढेको छ । काठमाण्डौको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस नाघेको छ ।

यसअघि अस्ति २९ दशमलव ४ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशका धेरै ठाउँको अधिकतम तापक्रम हिजो ३० डिग्री सेल्सियस नाघेको हो ।

तत्काल केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार प्रि-मनसुनको तीन महिना मार्च, अप्रिल र मे महिनामा गर्मी धेरै नै हुन्छ । यसपालि प्रि-मनसुन सुरु भइसकेपछि पानी नपरेकाले पनि छिट्टै गर्मी बढेको छ ।

प्रि-मनसुनमा पश्चिमी वायुको प्रभाव खासै पर्दैन । स्थानीय वायु विकसित भएर एक्कासी बादल लाग्ने र छोटो समयका लागि ह्वार्र पानी पर्ने हुन्छ । भोलि दिउँसाे वाग्मती, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का केही पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि गर्मी खासै नघट्ने मौसमविद् मानन्धरले बताउनुभयो ।

गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । आज पनि यही हाराहारीमा तापक्रम बढ्ने अनुमान छ । यस्तै, अस्ति ३४ दशमलव ४ डिग्री सेल्सियस रहेको धरानको अधिकतम तापक्रम गएको २४ घण्टामा ३५ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।

विराटनगर, जनकपुर, नेपालगञ्जलगायतका ठाउँमा पनि तापक्रम बढेको छ । तराई र चुरे क्षेत्रमा गर्मी धेरै नै हुन थालेकाले गर्मीबाट जोगिन मौसमविद्ले सुझाव दिएका छन् । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया